February 24, 2025, 6:06 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

बिल नतिरेपछि काटियो कांग्रेस दल कार्यालयको बिजुली

पुस २५, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं- बिजुलीको पैसा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन नेपाल विद्युत् प्राधिकरणले काटिदिएको छ । प्राधिकरणले बिहीबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दल कार्यालयको बिजुली काटिदिएको हो ।

तीन महिनासम्म बत्तीको बिल कांग्रेसले नतिरेपछि प्राधिकरणले कर्मचारी पठाएर लाइन काटिदिएको हो । अन्य ग्राहकको पनि तीन महिनासम्म बिल नतिरे लाइन कातिन्छ  ।

संघीय संसद सचिवालयले समयमै बिल नतिर्दा लाइन काटिएको हो । कांग्रेस संसदीय दलको करिब ६५ हजार बिल तिर्न बाँकी थियो ।

बिजुली काटिएपछि बिहीबार नै बिल तिरेकाले लाइन जोड्ने तयारी प्राधिकरणले गरेको छ ।

प्रतिक्रिया