February 24, 2025, 6:09 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

सबै माओवादी एकठाउँमा बसेर जनयुद्ध दिवस मनाउ : विप्लव

पुस २५, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

होत्तरी- जनयुद्धको  विषयमा चौतर्फी चर्चा भइरहेको बेला माओवादीहरू एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउन चाहेको नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले बताएका छन् ।

जनयुद्धको रक्षाको लागि माओवादी एक भएर मात्र नहुने भन्दै अझै थुप्रै काम गर्न बाकी रहेको उनको भनाई छ ।

पार्टीको एक कार्यक्रममा सहभागी हुन् महोत्तरी आइपुगेका महासचिव विप्लवले नेकपा एमाले, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचन्ड’ले केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीति प्रतिवेदनलाई लिएर भने असन्तुष्टि जनाएका छन् ।

दुवै अध्यक्षको प्रतिवेदन संसदीय गोल चक्करमा घुमेको बताउँदै एकले अर्कोलाई आरोप लगाउने बाहेक केही पनि नरहेको उनेको भनाई छ । तर माओवादी केन्द्रसँगको एकता प्रक्रियामा भने आफू नरम नै भएको बताउँदै केन्द्रीय समितिको बैठकमा माओवादी केन्द्रले बनाएको कार्यदल स्वागतयोग्य भएको धारणा राखे ।

‘हामी सधैभरी तयार छौ तर माओवादी केन्द्रले नै चासो देखाएको छैन,’ महासचिव चन्दले भने, ‘नेकपाले त उहिले नै एकताको विषयमा निर्णय गरिसकेको विषय हो ।’

यो देशको समृद्धि उत्पादनबाट मात्र सम्भव भएको जिकिर गर्दै उत्पादन र क्रान्तिलाई सँगै लैजानुपर्ने महासचिव विप्लवको जोड छ । उनले आफ्नो पार्टी अहिले उत्पादनबाट नै आत्मनिर्भर भइसकेको र दुई वर्षभित्र उत्पादनको क्रान्ति नै हुने विश्वास व्यक्त गरेका छन् । न्युजकारखानाबाट

प्रतिक्रिया