February 24, 2025, 6:18 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

अदालतमा रवि लामिछानेको याचना – बाहिरै बसेर पुर्पक्ष गर्न पाउँ श्रीमान !

पुस २५, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा दिन आग्रह गरेका छन् ।

आज कास्की जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि न्यायाधीश नितिज राईले सबै प्रतिवादीहरुलाई आफ्ना कुरा राख्ने समय दिएका थिए । त्यसक्रममा लामिछानेले त्यस्तो याचना गरेका हुन् ।

आफू गृहमन्त्री हुँदा शक्तिको दुरुपयोग नगरेको जिकिर गर्दै उनले अब पनि त्यस्तो अवस्था नरहेको बताए । ‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् श्रीमान् !’

साथै, प्रत्येक पटक तारेखमा अदालत आउँदा सहकारी पीडितको पक्षमा गरेको कामहरुको रिपोर्टसमेत लिएर आउने लामिछानेले बताए । यो मुद्दामा थुनछेक बहस सकिएकाले आजै आदेश आउने सम्भावना छ ।

अहिले अदालत वरपर सुरक्षा व्यवस्था निकै कडा गरिएको छ ।

प्रतिक्रिया