February 24, 2025, 6:24 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

शिक्षामन्त्रीको गुनासो- विश्वविद्यालय सुधार्न खोज्दा हस्तक्षेपको आरोप लगाउँछन्

पुस २५, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्ने गरेको बताएकी छन् ।

शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन)ले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुधारका लागि ध्यान केन्द्रित गरेको बताइन् ।

तर आफूले केही पहल गर्दा मन्त्रीले हस्तक्षेप गरेको आरोप आउने गरेको जिकिर उनले गरेकी छन् । विश्वविद्यालयको सुधारका लागि पहिलो भूमिका पदाधिकारीहरूले निर्वाह गर्नुपर्ने उनले बताएकी छन् ।

‘त्रिभुवन विश्वविद्यालय सुधार्ने शिक्षा मन्त्रीले हो त ? शिक्षा मन्त्रीले एक कल फोन गरेको तपाईंहरूले कहिले थाहा पाउनु भएको छ ? एक कल फोन नगर्दा त शिक्षामन्त्रीको हस्तक्षेप भयो भनिन्छ’, उनले भनिन्, ‘सुधार्न त मैल भेट्नुपर्ला नि, कुरा गर्नुपर्ला, हस्तक्षेप नगरी त सुधार नहोला ।’

उनले अनुदान आयोगलाई अहिलेसम्म विश्ववि्दयालयको सम्पर्क गर्ने माध्यम बनाएका बताउँदै यसको कानुनी दायरा बढाउने काम भइरहेको जानकारी दिइन्।

‘कानुनी दायरा साँघुरो भएकाले पनि काम गर्न समस्या भएको सुनेको छु ।मैले ५ पटकसम्म अनुदान आयोगको बैठक राखेँ’, उनले भनिन्, ‘विश्वविद्यालय सुधार्न पहिले पदाधिकारीले काम गर्नुपर्छ ।’

मन्त्री भट्टराईले कक्षा १० को परीक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्रण गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

नजितालाई सुधारका लागि पनि काम भइरहेको उनले बताइन् । १२ कक्षाको रजिस्ट्रेशन शुल्कका लागि राजस्व छुट गरिने उनले जानकारी दिइन् ।

मन्त्री भट्टराईले छात्रवृतिलाई प्रभावकारी बनाउन ऐनलाई नै संशोधन गरि लक्षित वर्गसम्म पुर्‍याउने बताइन् । उनले शिक्षा क्षेत्रको सुधारका लागि अहिलेको बजेट अपुग भएकाले संघ, प्रदेश र स्थानीय तहले पनि बजेट बढाउनुपर्ने जिकिर गरिन् ।

मन्त्री भट्टराईले क्यालेन्डरअनुसार काम भइरहेको बताउँदे कुनै कमजोरी भए सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाइन् । उनले यसअघि विशेष परिस्थितिमा स्थापित दलनिकट शिक्षक संगठनहरू अहिलेको अवस्थामा आवश्यक नरहेको जिकिर गरिन् ।

प्रतिक्रिया