February 24, 2025, 9:16 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

‘शुद्ध खानेपानीको व्यवस्था गर्न सरकार क्रियाशील छ’

पुस २४, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

धनगढी– खानेपानीमन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा आज भएको कार्यक्रममा उनले सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्याबारे जानकारी लिन आफू कैलाली आएको बताए ।

आम नेपालीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उच्च प्राथमिकता दिएर तदनुरूप काम गरिएको मन्त्री यादवले बताए ।

उनले ‘एक घर एक धारा’को अवधारणालाई साकार पार्न आफू प्रतिबद्ध रहेको बताए । पछिल्लो समय चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएकोमा उनले चिन्ता व्यक्त गरे । ‘चुरे दोहन गर्नेलाई कडा कारबाही गर्न जरुरी छ ।’ उनले भने ।त्यस अवसरमा मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायत सहभागी थिए ।

प्रतिक्रिया