February 24, 2025, 9:45 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

३४ बन्दीलाई रिहा गर्दै हमास, बिपीनको आशमा नेपाल सरकार

पुस २३, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं : सन् २०२२ को अक्टोबर ७ मा हमास आतंककारी समूहले इजरायलको गाजा नजिकैको सहरबाट अपहरण गरी लगेका बन्दीहरूमध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागिएको सूचना सार्वजनिक भएको छ।

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलसँग युद्धविराम भयो भने पहिलो चरणमा आफूले ती बन्दीहरु रिहा गरिने भनेर सो सूचना सार्वजनिक गरेको हो। सो समूहले दिएको ३४ बन्धकहरूको सूचीमा इजरायली नागरिकहरु मात्र रहेका बताइएको छ । तर, इजरायल सरकार भने यस विषयमा केही थाहा नभएको बताउँछ ।

यसअघि आफ्नो नियन्त्रणमा एक सयजना बन्दी रहेको सार्वजनिक जानकारी गराएको हमास समूहले पहिलो सूचीमा ती ३४ जना रिहा गरिने जनाएको हो

१० महिलासहित ५० देखि ८५ वर्षसम्मका बन्धकलाई पहिलो चरणमा रिहा गर्न लागिएको तथा यसमा महिला, बालबालिका र वृद्धवृद्धाहरूलाई प्राथमिकता दिइएको हमासले सो सूचनामा जनाएका छन्। सन् २०२२ को अक्टोबरमा हमासले गरेको सो आक्रमणमा परी १० जना नेपालीसहित एकहजार भन्दा बढीको ज्यान गएको थियो।

सोही हमलापछि हमासका लडाकुहरूले बिपीन जोशीलगायतलाई अपहरण गरेर प्यालेस्टिनी भूमितर्फ लगेका थिए। यसैबीच नेपाल सरकारले बिपीनको रिहाइका लागि आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ। केही समयअघिको एक भिडियो फुटेजमा बिपीन जिवितै रहेको सूचना नेपालले पनि प्राप्त गरेको थियो।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू नियुक्त भएलगत्तै नेपालका लागि इजरायलीदेखि सबै देशका राजदूतहरूलाई बिपीनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन्। त्यसैगरी ती बन्दीको रिहाइका लागि मध्यस्थता एवं सहजीकरणको काम गरिरहेको कतार र इजिप्टसँग पनि उनले बारम्बार आग्रह गरेकी थिइन्। मन्त्री राणाले संयुक्त राष्ट्रसंघीय ७९औं महासभाका क्रममा आयोजित विभिन्न कार्यक्रमहरूमा बिपीनको रिहाइका लागि पहल गरिदिन विश्व समुदायसँग पनि आग्रह गरेकी थिइन्।

प्रतिक्रिया