February 24, 2025, 9:31 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक तेस्रो दिन जारी

पुस २३, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक तेस्रो दिन जारी रहेको छ।  बैठकको सुरुमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराएका छन् ।

अध्यक्ष प्रचण्डले पेश गरेको सोही राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा राख्ने क्रम जारी छ। माओवादी अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा काठमाडौं उपत्यका र मधेससहित देशैभरि पार्टीको जनाधार सुदृढीकरणका लागि जनताको सांस्कृतिक पहिचानदेखि जनजीवनका एजेन्डाका सवालहरू प्रस्तावका रूपमा पेस गरेको छ।

उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले अब पार्टी स्थास्थितिमा चल्न नसक्ने ठोकुवा गरे। उनले भने, ‘पार्टी निर्माण, एकता र सुदृढीकरणसँगै पछाडि परेका समुदाय र वर्गको समानताका लागि काम गर्नुपर्छ। त्यसबारे बैठकमा जोडदार ढंगले कुरो उठिरहेको छ।’ सापकोटाले राजनीतिक दृष्टिकोणको स्पष्टतासहित माओवादी अघि बढ्नुको विकल्प नरहेको बताए।

बैठक आजै सकिनेछ। बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य,२ सय ५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १ सय २५ जना गरी ८ सय १४ जना सहभागी छन्।

प्रतिक्रिया