February 24, 2025, 9:18 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

सात जिल्लाका सिडिओसहित १२ अधिकारीहरूको सरुवा

पुस २२, २०८१ मा प्रकाशित | १०६०दर्शक तीव्रखबर

काठमाडौं : सरकारले सात जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित १२ अधिकारीहरूको सरुवा गरेको छ। गृह मन्त्रालयले काठमाडौं, कैलाली, सुनसरीलगायत जिल्लाका सिडिओहरूको सरुवा गरेको हो।

काठमाडौंका सिडिओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा, कैलालीका सिडिओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरी, सुनसरीका सिडिओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालय, मोरङका सिडिओ प्रेम प्रसाद भट्टराईलाई गृह मन्त्रालय, झापाका सिडिओ बन्धुप्रसाद बास्तोलालाई गृह मन्त्रालय, सर्लाहीका सिडिओ गोपालकुमार अधिकारीलाई झापा र सल्यानका सिडिओ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।

त्यस्तै गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाललाई कैलालीको सिडिओ, तुलसीबहादुर श्रेष्ठलाई सर्लाहीको सिडिओ, इन्द्रदेव यादवलाई मोरङको सिडिओ र ऋषिराम तिवारीलाई काठमाडौंको सिडिओमा सरुवा गरिएको छ। त्यस्तै दाङका सहायक सिडिओ शावित्रा पुनलाई सल्यानको सिडिओमा सरुवा गरिएको हो।

प्रतिक्रिया