February 24, 2025, 9:42 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

माओवादी बैठक : अध्यक्ष प्रचण्डले पनि महिनाको तीन दिन श्रम गर्नुपर्ने

पुस २२, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। काठमाडौंमा सोमबार बसेको केन्द्रीय समिति बैठकको दोस्रो दिनको छलफलका क्रममा उनीहरूले पार्टी सरकारबाट हटेपछि जनतामा जाने ऐतिहासिक अवसर भएकाले यसका लागि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

बैठकमा पार्टीको महाधिवेशनको मितिसहितको कार्यतालिका तोक्नुपर्नेमा अधिकांशले धारणा राखेका थिए। त्यस्तै उनीहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन वैज्ञानिक र बस्तुवादी रहेकाले स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्छ भन्ने धारणासमेत राखेको प्रवक्ता सापकोटाले बताए।

केन्द्रीय सदस्यहरूले अध्यक्षसहित सबै नेताहरू अनिवार्यरूपमा श्रम र उत्पादनसँग जोडिनुपर्ने सुझाव दिएका छन् भने सदन आह्वानका लागि अन्य दलसँग मिलेर दबाब सिर्जना गर्नुपर्ने सुझावसमेत आएको प्रवक्ता सापकोटाले बताए।बैठकमा १८० जनाले बोल्नका लागि नाम टिपाएकोमा दोस्रो दिन ८० जनाले धारणा राखेका थिए। बैठक मंगलबार विहान ११ बजेसम्मका लागि स्थगित भएको प्रवक्ता सापकोटाले बताए।

प्रतिक्रिया