February 24, 2025, 9:03 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

सहकारी चाहिदैन भन्ने भ्रमका पछि नलागौं : मन्त्री अधिकारी

पुस २२, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन गर्न प्राधिकरण बनाइसकेको भन्दै कार्यान्वयनको चरणमा रहेको बताएका छन्।

सोमबार काठमाडौंमा नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ वार्षिक साधारणसभामा बोल्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई सहि दिशातर्फ अघि बढाउनका लागि नियमन गर्नुपर्ने आवाज उठेपछि सरकारले ऐन संशोधनमार्फत प्राधिकरण बनाएको भन्दै अब कार्यान्वयनको चरणमा रहेको बताएका हुन्।

सहकारी सबै एउटै प्रवृतिको रहेको र सहकारी चाहिदैन भन्ने भ्रम फैलाउने गरेको भन्दै मन्त्री अधिकारीले यस्तो भ्रमका पछि नलाग्न आग्रह गरे । सहकारीकै माध्यमबाट लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने भएकाले सहकारीविरुद्ध फैलाएका हल्ला मिथ्या हुन भन्ने प्रमाणित गर्न जरुरी रहेको उनले बताए । मन्त्री अधिकारीले देशभरका सहकारीमा आवद्ध भएकालाई एकै ठाउँमा राखेर मन्त्रालयले एकवद्धतासहितको छलफल कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए। उनले सहकारीलाई व्यवस्थित गर्नका लागि सहकारीकर्मीहरूले पनि आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया