February 23, 2025, 8:52 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

४९ अंकले बढ्यो नेप्से, ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर

पुस २२, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१२ अंकले बढेको छ । सोमबार नेप्सेमा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँको शेयर कारोबार हुँदा ४९.१२ अंकले नेप्से बढेर १.८९ प्रतिशतले पुँजीकरणमा वृद्धि भएको हो ।

सोमबार भएको शेयर कारोबारमा २२६ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १२ वटाको घट्यो । त्यस्तै ४ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

सोमबार नेप्सेमा भएको शेयर कारोबारमा सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आम्दानी गरे भने उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । सोमबारको शेयर कारोबारसँगै नेप्सेको पुँजीकरण ४३ खर्ब ८० करोड नाघेको छ ।

प्रतिक्रिया