February 24, 2025, 9:25 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

माओवादी बैठक : प्रचण्डको प्रतिवेदनमा केन्द्रीय सदस्यहरू बोल्दै

पुस २२, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको दोस्रो दिनको छलफल सुरू भएको छ ।

धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा आइतबारदेखि सुरु बैठकको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त भनाइ राखेका छन् ।

बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि उनले आइतबार प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ।

सोमबार बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् ।

आइतबार अध्यक्ष प्रचण्डले समसमायिक राजनीति, पार्टी संगठन सुदृढीकरण, भावी रणनीतिलगायत समिटिएको ३० पृष्ठ लामो प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया