February 24, 2025, 9:39 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, केन्द्रीय सदस्यले धारणा राख्ने

पुस २२, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौं– सत्तारूढ दल नेकपा एमालेको आइतबार सुरु भएको केन्द्रीय कमिटीे बैठक आज पनि जारी रहने छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् । पहिलो दिनको बैठकमा आइतबार २७ जना सदस्यले धारणा राखेका छन् ।

बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे ४७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन् ।

ओलीले पेश गरेको प्रतिवेदनमा विभिन्न दलबारे संस्थागत धारणा राखिएको छ । प्रतिवेदनमा अध्यक्ष ओली सत्ता साझेदार नेपाली कांग्रेससँग नरम देखिएका छन् भने प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँग सबैभन्दा आक्रामक देखिएका छन् ।

त्यसैगरी, राजावादीबारे पनि उनले कडा टिप्पणीसहित देशमा अराजकता मच्चाउन खोजिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया