February 25, 2025, 12:34 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रास्वपाले बनायो संविधान संशोधन कार्यदल

पुस २१, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ बनाएको छ ।

हिजो बसेको केन्द्रीय समिति बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरेको हो । नेताहरु कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले कार्यदलमा सदस्य रहेका छन् ।

सातवटै प्रदेशमा संविधानविद्ध र सम्बन्धित सरोकारवाला पक्षसँग आवश्यक छलफल गरी दलको तर्फबाट धाराणा तय गर्न कार्यदललाई कार्यादेश दिइएको छ । प्रदेशमा हुने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहने सह-प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रतिक्रिया