February 25, 2025, 12:58 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

विरोधी र प्रतिक्रियावादीले आरोप लगाउँदा एमालेजन चुप नबसौँ : प्रधानमन्त्री

पुस २१, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं- देशभक्त र प्रगतिशील मजबुद भएकाले प्रतिक्रियावादी शक्तिहरू आतङ्कित भएका छन् : प्रधानमन्त्री

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्ति आतंकित भएको बताएका छन् ।

आइतबारदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्ति निर्दयी र अमानवीय रुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको जिकिर गरे ।

उनले एमालेको लोकप्रियता घटाउन र बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गरे ।

‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ’, उनले भने, ‘हाम्रा सबै सङ्गठनहरू उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ ।’

अध्यक्ष ओलीले अगाडि थपे, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउनाले पार्टीलाई बलियो बनाउँदैन । बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ।’

पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न उनले आग्रह गरे । अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिद्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूले अहिले लड्डु ओकल्नुपरेको पनि टिप्पणी गरे ।

प्रतिक्रिया