January 7, 2025, 4:14 am
» सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना परे प्रहरीको फन्दामा » यस्तो छ तरकारी र फलफूलको आजको मूल्य » भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्री ओलीको आग्रह » ७ म्याग्निच्यूडको भूकम्प : केन्द्रबिन्दु नेपाल-चीन सीमा » लामो समयपछि काठमाडौंमा भूकम्पको ठूलो धक्का

भीम रावलसँग फोटो खिच्न मनाही, अटेर गरे कारवाही

पुस २१, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौँ,। सत्तारुढ नेकपा (एमाले)का नेता-कार्यकर्तालाई पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावलसँग भेट्न प्रतिबन्ध लगाइएको छ । पूर्वी नेपालको यात्रामा रहेका रावलले पूर्वपार्टीका स्थानीय कार्यकर्तासँगको भेटलाई प्राथमिकतामा राखेपछि एमाले नेतृत्वले जिल्ला-जिल्लामा फोन गरेर भेटघाट नगर्न कडा निर्देशन दिएको बताइएको छ ।

एमालेबाट निकालिएपछि देशव्यापी अभियान चलाउन लागेका रावल हिजोबाट कोशी प्रदेशको भ्रमणमा निस्किएका छन् । इलाम, मोरङ, सुनसरी, झापा लगायतका पूर्वी जिल्लाहरुमा पहिलाे चरणकाे जागरण अभियान चलाउने उनको याेजना छ ।

हिजो विराटनगर पुगेका उनलाई दुर्गा प्रसाईका समर्थक र नेकपा एसका कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए । एमालेमा अध्यक्ष केपी शर्मा ओलीको पेलाइमा परेका नेता-कार्यकर्तालाई समेट्ने योजना बनाएका रावलसँग प्रदेशस्तरका केही एमाले नेताहरुले पनि गोप्य भेटघाट गरेका थिए । सोही सूचनाका आधारमा बालुवाटारबाट भटाभट फोन गर्न थालिएको बुझिएको छ ।

बताइएअनुसार प्रधानमन्त्री ओलीको निर्देशनमा प्रमुख सल्लाहकार तथा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाललगायतका नेताले पूर्वका नेता तथा कार्यकर्तालाई फोन गर्दै रावलसँग नभेट्न कडा निर्देशन दिएका हुन् । रावलको अभियान विथोल्नसमेत निर्देशन गएको दावी गरिएको छ ।

हिजो साँझ रावलसँग भेटेका एमालेका एक नेताले भने, ‘डाक्टर सा’प हाम्रो पुरानो नेता हो । यहाँ (विराटनगर) आउने थाहा पाएपछि साँझ भेट्न गयौँ । तर, आज बिहानै माथिबाट हामीलाई नभेट्नू, फोटो-भिडियो खिचेर हिरो नबाउनू भन्ने फोन आयो ।’

‘मातृभूमि जागरण अभियान’ का एक सदस्यले पनि प्रधानमन्त्ती ओलीले अभियान विथोल्न कार्यकर्ता परिचालन गरेको दावी गरे । ‘अहिले पो फरक बाटो बनाउँदैछौ, हिजोका दिनमा हामी पनि एमाले नै त हौँ’, उनले भने, ‘हाम्रो अभियानलाई असफल बनाउन, खासगरी डाक्टर’सापसँग भेटघाट गरेमा कारवाही गरिने चेतावनीसमेत दिएको रहेछ ।’

प्रतिक्रिया