September 19, 2024, 4:24 pm
» बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

प्रधानमन्त्री बन्न शीर्ष नेताहरुबिच होडबाजी : नवगठित सरकारको आयु छ महिना !

साउन ८, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं,  । ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुलाई देश र जनताको चिन्ता भन्दा पनि कसरी सबैभन्दा धेरै पटक प्रधानमन्त्री भएर रेकर्ड कायम गर्न सकिन्छ भन्ने होडबाजीमा लागेका छन् ।

तत्कालीन नेकपाबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले दुई-दुृई पटक संसद् विघटन गरेर तमासा देखाइसकेका थिए । ओलीले विघटन गरेको संसद ब्यूत्याउनको लागि कांग्रेस र माओवादी केन्द्रसँगै अन्य दलहरुसमेत मिलेर सडक आन्दोलन समेत गरेका थिए ।

दलहरुको आन्दोलनलाई मध्येनजर गरेर सर्वोच्च अदालतले असंवैधानिक कदम भन्दै संसद् ब्यूत्याइदिएको थियो । त्यो संसद विघटन गर्नको लागि संविधानको धारा ७६ को उपधारा (५) समेत प्रयोग गरेका थिए ओलीले ।

अहिले तिनै एमालेका अध्यक्ष ओलीलाई नेपाली कांग्रेसले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनादिएको छ । ठूलो दलको हैसियतले संविधान धारा ७६ (३) अनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु पर्ने थियो ।

त्यो नगरी दोस्रो ठूलो दल नेकपा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएपछि असंवैधानिक भयो भन्दै प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा परेको रिटको पेशी साउन ६ गते तोकिएको छ ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

प्रचण्ड सरकारलाई समर्थन गरेको ठूलो दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनको लागि संविधानको धारा १०० प्रयोग गरेका थिए ।

त्यसमा प्रचण्डले विश्वासको मत नपाएपछि अर्को सरकार गठन गर्न ७६ को उपधारा ३ अनुसार सरकार बनाउनुपर्ने कानुनविद्हरुको ठम्याइ छ ।

तर, संविधानको धारा नै मिचेर सरकार गठन गरिनुले दलका शीर्ष नेताहरुले देश र जनताको हितमा काम गर्ने भन्दा पनि आफू कतिपटक प्रधानमन्त्री भइयो भनेर रेकर्ड तोड्न खोजेको देखिन्छ ।

ठूला दलका शीर्ष नेताहरुले धेरै पटक प्रधानमन्त्री बनेर रेकर्ड तोड्न खोजेको हो भने अहिलेसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री भइसकेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली योसहित ४ पटक प्रधानमन्त्री भएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ३ पटक प्रधानमन्त्री भइसकेका छन् ।

माथि उल्लेखित व्यक्ति जति पटक प्रधानमन्त्री भए तापनि कुनै ठोस योजना ल्याएर देश र जनताको हितमा नयाँ काम गरेको देखिँदैन । राजनीतिक दलभित्र यस्तै अवस्था रहिरहने हो भने नवगठित सरकार पनि ६ महिनाभन्दा बढी टिक्ने आधार छैन ।

राजनीतिक दलका शीर्ष नेताहरु मिलेर देशको अवस्था हेरी दीर्घकालीन स्थायित्व खोज्नुपर्नेमा त्यो नगरी सधैं प्रधानमन्त्री को बन्ने भन्ने होडवाजीले गर्दा देश दिनानुदिन अधोगतितिर धकेलिन पुगेको तामाकोशी सन्देशमा खबर छ ।

आमनिर्वाचन सम्पन्न भएको दुई वर्ष नपुग्दै ४ पटक सरकार फेरबदल भइसकेको छ । राजनीतिक दलभित्र यस्तै अवस्था रहिरहने हो भने पाँचवर्षे कार्यकालमा कतिपटक सरकार परिवर्तन हुने हो त्यो आउँदा दिने बताउने छ ।

प्रतिक्रिया