February 23, 2025, 9:04 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

गार्डियन माइक्रोको आइपीओ आजबाट खुल्यो

पुस २१, २०८१ मा प्रकाशित | १०२०दर्शक तीव्रखबर

काठमाडौं– गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) आज आइतबारबाट खुल्ला भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दारले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर आइपीओ मार्फत सार्वसाधरणलाई खुल्ला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता शेयर आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो ।

जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।

बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयर भने सर्वसाधारणलाई आइपीओ मार्फत पुष २१ गतेबाट बिक्री खुल्ला भएको छ । उक्त आइपीओमा पुष २४ गतेसम्म आवेदन दिन सकिन कम्पनीले जनाएको छ ।

प्रतिक्रिया