February 25, 2025, 12:24 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

पुस २१, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आजको बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंकट्यांक, केन्द्रीय विभागको पुनः संरचना, आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधन गर्नेछ।

काठमाडौंमा हिजो सुरु भएको बैठकले आगामी माघ दुई गतेदेखि पार्टी सङ्गठन निर्माण अभियान सुरु गर्ने निर्णय गरेको छ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पहिलो दिनको बैठकमा पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै सङ्गठन निर्माणको चरणलाई समयमा पूरा गर्न राष्ट्रव्यापी अभियान सञ्चालन, केन्द्रीय सदस्यको नेतृत्वमा विभिन्न संरचना बनाउने र जिल्ला समितिको सहयोगका लागि कार्यदल गठन गर्नेबारे छलफल भएको छ ।

जारी बैठकले मुख्यतयाः सभापति रवी लामिछाने माथि भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख अजेन्डा बनाइएको छ ।बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्लेले समसामयिक राजनीति र पार्टी गतिविधिबारे जानकारी गराएका थिए।

प्रतिक्रिया