February 25, 2025, 12:56 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

बैंक तथा वित्तीय संस्थालाई उद्योगमन्त्रीको सुझाव-उत्पादनमूलक क्षेत्रमा लगानी गरौं

पुस १९, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय संस्थाहरूले उत्पादन तथा उत्पादकत्व सिर्जना हुने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भण्डारीले बैंक तथा वित्तीय संस्थामा रहेका पूँजीलाई उत्पादन तथा उत्पादकत्व सिर्जना हुने क्षेत्रमा लगानी गर्न सुझाव दिएका हुन्।

बैंकर र उद्योगहरू एउटै व्यक्तिले सञ्चालन गर्ने र सेवामूखी भन्दा पनि नाफामूखी हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए। मन्त्री भण्डारीले अहिले प्राप्त गरेका सफलतामा पनि राजनीतिक नेतृत्वको भूमिका रहेको र अहिलेको आर्थिक असफलताको दोषी पनि राजनीतिक नेतृत्व नै भएको धारणा राखे । यसअघि बनाएका नीति अहिले बाधक र बोझिला बनेकाले त्यसलाई सुधार गर्ने आवश्यकता सरकारले देखेको उनको भनाइ छ  । उनले नीतिगत सुधारका लागि संविधान संशोधन गर्न ठूला दलबीच सहमति नै भइसकेको जिकिर गरे।

कार्यक्रममा सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेलले पूँजीगत खर्च प्रणालीमा व्यापक सुधार योजना, नीति तथा कार्यक्रमको कार्यान्वयनको प्रभावकारितामा अभिवृद्धि गरिनुपर्ने बताए। त्यस्तै उनले राजस्वको दर भन्दा दायरा अभिवृद्धि गरिनुपर्ने, बैंक तथा वित्तीय संस्थामा वैदेशिक लगानी भित्र्याउनका लागि ल्याउनका लागि आवश्यक नीति तथा वातावरणमा सहजीकरण गरिनुपर्ने धारणा राखे।

त्यस्तै पौडेलले पूँजी निर्माण तथा परिचालनमा सहयोग पुग्ने गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण हुने व्यवस्थामा सहजीकरण हुनुपर्ने उल्लेख गरे । बैंक तथा वित्तीय संस्था तथा जग्गा व्यवसायीहरुको हकमा जग्गा हदबन्दी नलाग्ने व्यवस्था गरिनुपर्ने समेत उनको भनाइ छ ।

प्रतिक्रिया