February 25, 2025, 12:24 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

राप्रपा नेपालको केन्द्रीय समिति बैठक सुरु

पुस १९, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

पार्टीको प्रथम महाधिवेशनको मिति टुंगो लगाउन शुक्रबारका लागि बैठक बोलाइएको राप्रपा नेपालले जनाएको थियो।आज देखी काठमाडौंमा सुरु भएको बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुनेछ ।

बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक र महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । साथै, राप्रपा नेपालले पुस २७ गते राष्ट्रिय एकता दिवस भव्य तरिकाले मनाउनका लागि तयारी पनि गरेको छ ।

प्रतिक्रिया