February 23, 2025, 8:28 am
» पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार भने बढ्यो

पुस १८, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से ४.६३ अंकले बढेर ३५८६.२३ विन्दुमा पुगेको हो । नेप्से ०.१७ प्रतिशतले बढ्दा कारोबार डेढ अर्ब वृद्धि भएको छ ।

बुधबार साढे ३ अर्बको कारोबार हुँदा आज भने बढेर ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ८६ हजार ७०५ कित्ता शेयर कारोबार भएको छ ।

१५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१५ वटा कम्पनी कारोबारमा आउँदा ५० हजार ४४७ पटक शेयर किनबेच भएको छ ।

७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । नेप्से बढ्दा १३ वटा समूहमध्ये ८ वटा समूह बढेको छ भने ५ वटा समूह घटेको छ । आज सबैभन्दा बढी विकास बैंक समूह २.४० प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३० प्रतिशतले बढेको छ ।

आज बसैभन्दा बढी ट्रेडिङ समूह २.०३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.१५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया