February 25, 2025, 12:21 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

श्रीलंकाका भूतपूर्व राष्ट्रपतिसँगै बालुवाटार पुगे विनोद चौधरी

पुस १८, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका भूतपूर्व राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा विवादास्पद व्यापारी विनोद चौधरीसमेत सहभागी भएका हुन् ।

विक्रमासिंघे काँग्रेस सांसदसमेत रहेका चौधरीको निम्तोमा गत शनिबार श्रीमतीसहित नेपाल आएका हुन् । उनी सोही दिन अपरान्ह काठमाडौंबाट बुद्ध एअरको उडानमा भैरहवा हुँदै लुम्बिनी पुगेका थिए ।

उनको स्वागत र भ्रमणका लागि चौधरी त्योभन्दा केही दिनअघि नै नवलपरासीमा गएर बसेका थिए । लुम्बिनी पुगेको भोलिपल्ट चौधरीले श्रीलंकाली भूतपूर्व राष्ट्रपतिलाई हेलिकोप्टरमा राखेर कपिलवस्तुको तिलौराकोट र पूर्वी नवलपरासीमा आफैँले बनाएको सिजीधाम देखाउन लगेका थिए । चौधरीलाई श्रीलंकामा विक्रमासिंघेको व्यावसायिक साझेदार भन्ने गरिएको छ ।

नेपाल भ्रमण पूरा गरेर श्रीलंकाली भूतपूर्व राष्ट्रपति श्रीमती मैथ्री विक्रमासिंघेसहित आज स्वदेश फर्केका छन् । उनी श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८२ मा दिउँसो सवा २ बजे काठमाडौंबाट कोलम्बो प्रस्थान गरेका हुन् ।

प्रतिक्रिया