January 22, 2025, 8:02 pm
» भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

प्रचण्डलाई गृहमन्त्रीको जवाफ- व्यक्तिको नाममा गएको शेरा दरबार फिर्ता ल्याउँछौँ

पुस १८, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम मुछिएको नुवाकोटको शेरा दरबारबारे गम्भीरतासहित अध्ययन भइरहेका बताएका छन् ।

संघीय संसद्को राज्य व्यवस्थापन तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले शेरा दरबार गैरकानुनी रुपमा व्यक्तिको नाममा गएको भए फिर्ता हुने बताए ।

शेरा दरबारसम्बन्धी गम्भीरताका साथ अध्ययन भइरहेको छ । कसैको नाममा गैरकानुनी रुपमा गएको छ भने फिर्ता हुन्छ,’ गृहमन्त्री लेखकले भने ।

बैठकमा नेकपा एमालेका सांसद बासुदेव घिमिरेले शेरा दरबारबारे गृहमन्त्री लेखकको जवाफ मागेका थिए । ‘शेरा दरबारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ,’ सांसद घिमिरेले भनेका थिए ।

गृहमन्त्री लेखकले बैठकको अन्तिममा धारणा राख्ने बताएपछि बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शेरा दरबारको जग्गाका कानूनविपरीत भए फिर्ता ल्याउन भनेका थिए ।

‘शेरा दरबारको जग्गाबारे कानूनविपरीत काम भएको छ भने फिर्ता ल्याइयोस,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘म सरकारलाई धन्यवाद भन्छु ।’

प्रचण्डको जवाफ फर्काउँदै गृहमन्त्री लेखकले धन्यवाद दिन तयार भएर बस्न आग्रह गरे ।

‘पूर्वप्रधानमन्त्रीले धन्यवाद दिन्छु भन्नुभएको छ,’ उनले भने, ‘गैरकानुनी रुपमा गएको रहेछ भने फिर्ता हुन्छ । यसकारण सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ ।’

प्रतिक्रिया