February 24, 2025, 3:13 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

गौशालाको होटलमा युवती मृत, सँगै कोठामा बसेका युवक फरार

पुस १८, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं– काठमाडौं महानगरपालिका–९ गौशालास्थित बागमती होटलको कोठामा एकजना युवती मृत भेटिएकी छन् ।

मृत भेटिएकी युवतीको हत्या भएको आशंकासहित प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधबार उक्त होटलको ३०८ नम्बर कोठामा मृत भेटिएकी प्रहरीले जनाएको छ ।

उनी गत १६ पुसमा उक्त होटलको कोठा बुक गरेर बस्न पुगेकी थिइन । नयाँ वर्षको अघिल्लो दिन उनीसँगै उक्त होटलमा बस्न पुगेका युकव भने फरार छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार युवतीसँगै होटलमा पुगेका युवक भने केहीबेरमा आइजान्छु भनेर हिँडेका थिए ।

त्यसपछि उनी फर्किएर होटलमा आएनन् । तर होटल सञ्चालकलाई शंका लागेपछि बुधबार नै प्रहरीलाई खबर गरिएको थियो ।

जनप्रतिनिधि र प्रहरी पुगेर बुधबार नै होटलको कोठा खोलेर हेर्दा युवती बेडमै मृत भेटिएकी हुन् ।

उनीसँगै होटल छिरेका युवकको पहिचान भइसकेको जानकारी प्रहरीले दिएको छ । उनी भागेर पुगेको ठाउँ पनि पत्ता लागिसकेको प्रहरीले जानकारी दिएको छ ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका छन् ।

प्रतिक्रिया