February 25, 2025, 12:53 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

एमालेको सचिवालय बैठक जारी

पुस १८, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक जारी रहेको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, समसामयिक राजनीतिलगायतका विषयमा छलफल भइरहेको छ।

एमालेले पुस २१ र २२ गतेका लागि एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामका बारेमा समीक्षा हुनेछ। पार्टीको सांगठनिक कामको पनि समीक्षा हुने पार्टीका नेताहरूले बताएका छन्। स्थानीय तहको उपनिर्वाचनमा पार्टीले सोचेअनुरुप परिणाम नआएको एमालेले प्रारम्भिक विश्लेषण छ।

एमाले विधानअनुसार केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने प्रावधान छ। यस अगाडि केन्द्रीय कमिटीको बैठक गत असारमा बसेको थियो।

गत पौष १० गते सचिवालय बैठकले एमालेले पूर्व उपाध्यक्ष डा. भीम रावललाई पार्टीबाट निष्काशन गरेको थियो। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार रावलले निरन्तर पार्टी हित विपरीत गतिविधि गरेपछि रावललाई साधारण सदस्य समेत नरहने गरी कारबाही र स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको गरेको हो।

प्रतिक्रिया