February 25, 2025, 12:48 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

सूर्यदर्शन सहकारी ठगी : जाहेरीवालाका वकिलहरूले थाले बहस

पुस १८, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

पोखरा-सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी मुद्दामा बिहीबारदेखि जाहेरीवालाहरूका तर्फबाट बहस थालिएको छ

बुधबारसम्म उक्त मुद्दामा थुनछेक बहस भएको थियो । बिहीबारदेखि जाहेरीवालाहरूको तर्फबाट वकिलहरूले बहस थालेका हुन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको मुद्दामा बुधबारसम्म सबै सातैजना प्रतिवादीबारे सरकारी वकिल र विपक्षीकोतर्फबाट बहस भइसकेको छ ।

सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी तथा सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएपछि बिहीबारबाट जाहेरवालाको तर्फबाट बहस सुरू भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

उनका अनुसार जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने छ । जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्नेछन् ।

प्रतिक्रिया