February 25, 2025, 12:46 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रविलगायतको मुद्दामा आज जाहेरवालाको बहस हुँदै

पुस १८, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

पोखरा- पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा आज जाहेरवालाको तर्फबाट थुनछेक बहस हुँदैछ ।

बुधबार सरकारी वकिलको कार्यालयको तर्फबाट बहस सकिएपछि जाहेरवालाको तर्फबाट बहस सुरु हुन लागेको हो । जाहेरवालाको तर्फबाट अधिवक्ता युवराज पराजुलीलगायतले बहस गर्नेछन् ।

पोखराको सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडिआईजी छविलाल जोशी, नेचर हब्र्स इन्टरनेशलनका सञ्चालक रामबहादुर खनाल, गीता पछाईं, सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ, पूर्वउपाध्यक्ष मिना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङको बयान सकाएर मंगलबारबाट थुनछेक बहस सुरु भएको हो ।

मंगलबार सहायक जिल्ला न्यायधिवक्ता शान्तिदेवी शर्मा र सुजता पौडेलले बहस गरे । बुधबार भएको बहसमा महान्यायाधीशवक्ताको कार्यालयबाट आएका नायब महान्यायधिवक्ता सञ्जिवराज रेग्मी, उपन्यायधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरे ।

बिहीबार जाहेरवालाकोतर्फबाट बहस सकिएपछि गोरखा मिडिया नेटवर्कका सञ्चालक पूर्वडिआईजी छविलालको बहस सुरु हुने सम्भावना छ । जोशीका तर्फबाट ६ जना अधिवक्ताले बहस गर्नेछन् ।

रविको तर्फबाट हाललाई ८ जनाले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता शुसिल पन्त, डा.नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बास्तोला, सुरेन्द्र थापा, अधिवक्ता डा. नारायण कँडेल, सुरज बस्नेत, राजेन्द्र सेढाईंले बहस गर्नेछन् । रविको तर्फबाट बहस गर्ने अधिवक्ताको संख्या थपघट हुनेछ । लिला पछाईंको एक जनाले र अरु प्रतिवादीका दुई/दुई जनाले बहस गर्नेछन् ।

जिल्ला सरकारी वकिलको कार्यालय गत वर्षको असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर सूर्यदर्शन सहकारी प्रकरणमा मुद्दा दायर भएको थियो । पुस ५ गते तीनै १९ जनालाई पूरक अभियोग लगाइयो ।

पुस ७ गते जिल्ला अदालत कास्कीमा रवि, छविलगायत ४४ जनालाई प्रतिवादी बनाएर थप अभियोग जाहेर गरिएको छ ।

प्रतिक्रिया