February 25, 2025, 12:49 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

ओलीले जवाफ नदिए मिसन ०८४ पतन हुनेछ : भीम रावल

पुस १७, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं– नेकपा एमालेको संगठित सदस्यसमेत नरहने गरी कारबाहीमा परेका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रश्नको जवाफ नदिए मिसन ०८४ पतन हुने दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा जारी पत्रकार सम्मेलनमा उनले आफूले सोधेका प्रश्नको जवाफ नदिए एमालेको मिसन ०८४ पतन हुने दाबी गरेका हुन् ।

पार्टीलाई किन विकृतिमा धकेल्नुभयो । पार्टीपंक्ति कुबाटो र दुषित ठाउँमा धकेल्नुभयो,’ एमाले अध्यक्ष ओलीलाई प्रश्न गर्दै रावलले भने, ‘आफूले सोधेको स्पष्टीकरणको जवाफ नदिए मिसन ०८४ पतन हुने छ ।’

रावलले अध्यक्ष ओलीलाई गुठी विधेयकमा प्रश्न उठेपछि पछाडि फर्किएको तत्कालीन अवस्थाको पनि स्मरण गराए । ‘गुठी विधेयक ल्याएर प्रश्न उठेपछि पछि हटेको होइन ?,’ उनले प्रश्न गर्दै भने, ‘होलीवाइन पिएर के के गर्नुभएछ सम्झिनुहोस् । कथित संसद् अवरोध गरेको कुरा सम्झिनुहोस् ।’

प्रतिक्रिया