February 25, 2025, 12:25 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

ओली तानाशाही बनेपछि वैकल्पिक बाटो हिँड्न बाध्य भएँ :भीम रावल

पुस १७, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौं- नेकपा एमालेबाट गत पुस ११ गते निकालिएका पूर्वउपाध्यक्ष डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् ।

भ्रष्टाचार र हिनामिनामा मुछिएका ठूला भनिएकाहरूलाई जोगाउने काम ओलीले गरेको भन्दै रावलले आक्रोश पोखेका हुन् । रावलले ओलीका कारण अन्तर्राष्ट्रिय सम्बन्ध पनि फितलो बनाइएकोमा आपत्ति जनाए ।

एमालेबाट निकालिएपछि बुधबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै रावलले ओलीप्रति आक्रोश पोखेका हुन् । अहिले देश र जनताको अवस्था दयनीय बनाइएको पनि उनले बताए । रावलले सत्ताको बागडोर सम्हालेकाहरूले भ्रष्टाचारलाई बढावा दिने काम गरिरहेको पनि बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप रावलले लगाएका छन् ।

आफूले पाँच दशकसम्म काम गरेको एमालेमा ओलीबाट भएको क्रियाकलापको विरोध गरेको पनि स्मरण गरेका छन् । एमालेबाट निकालिएपछि देश र जनताको सर्वोपरि हितका लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको रावलले बताए ।

एमालेलाई बिगार्ने र विभाजन गर्न खोज्नेलाई मात्रै ओलीले अवसर दिएको बताउँदै उनले पार्टी बनाउनेलाई सदस्यबाट निकालेको रावलले गुनासो गरे ।

उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय ओलीले आफूप्रति गरेको चरम प्रतिशोधको एउटा उदाहरण भएको पनि बताएका छन् ।

 

प्रतिक्रिया