February 23, 2025, 8:23 am
» पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing » रौतहटमा अबैध सालको काठ सहित २ जना पक्राउ » बढ्दो मोटोपन दरविरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट

न्युरोड क्षेत्रमा तत्काल फुटपाथ विस्तार नहुने, अध्ययन गर्न बनाइयो कार्यदल

साउन ८, २०८१ मा प्रकाशित | २०२०दर्शक तीव्रखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्ने भएको छ। अध्ययन कार्यदलको प्रतिवेदन नआउन्जेल थप फुटपाथ विस्तार नगर्ने सहमतिसमेत भएको छ।

सोमबार न्युरोड क्षेत्रमा थप फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको हो। महानगरका प्रमुख, उपप्रमुख २२, २३ र २४ नम्बर वडाका अध्यक्षलगायतको सहभागितामा भएको छलफलका क्रममा मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेस गर्ने सहमति भएको काठमाडौं महानगर-२३ का वडाध्यक्ष मचाराजा महर्जनले जानकारी दिए।

९ सदस्यीय कार्यदलबाट वभिन्न विषयमा अध्ययन गरेर त्यसबाट आउने रिपोर्ट महानगर प्रमुखलाई बुझाउने र त्यसका आधारमा फुटपाथ विस्तारका बारेमा थप निर्णय हुने उनले बताए। उनले अहिले वडा नंवर २४ मा भइरहेको विस्तारको काम भने सम्पन्न गर्ने सहमति भएको जानकारी दिए।

त्यसअघि फुटपाथ विस्तार गर्ने क्रममा महानगर र स्थानीयबीच विवाद भएको थियो। विवाद भएपछि महानगरले जनप्रतिनिधि सहित स्थानीयलाई सोमबार छलफलमा बोलाएको थियो।

प्रतिक्रिया