February 24, 2025, 2:53 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

गाडीले किचेर सशस्त्र प्रहरी निरीक्षक तुलाधरको मृत्यु

पुस १७, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं– सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको छ ।

तीव्रगतिमा रहेको बागमती प्रदेश ०१-००६ख २००४ नम्बरको बस गएराति बलरा नगरपालिका-९, छतौना बोर्डर आउट पोष्ट (बीओपी)मा ड्युटीमा रहेका तुलाधरमाथि बजारिँदा उनको मृत्यु भएको हो ।बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए । प्रहरीले बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया