February 24, 2025, 4:23 am
» शंकर पोखरेलको चिन्ता- सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रियो » रुस–युक्रेन युद्ध सुरू भएको आज तीन वर्ष पूरा » लमजुङमा भूकम्पको धक्का महसुस » सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै

आमाको शव देखेर ढलेकी छोरीको निधन

पुस १६, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

बझाङ ।बझाङमा आमाको शव देखेर बेहोस भएकी छोरीको निधन भएको छ । थलारा गाउँपालिका-९ आमबगर टोलमा यस्तो दुखदायी घटना भएको हो ।

लामो समयदेखि स्वास्थ्य स्वयंसेविकासमेत रहेकी पञ्चमाला जोशीको शनिबार ढुंगा लागेर ज्यान गएको थियो । मालुमेला विद्यालय नजिकै बाटोमा हिंडिरहेका बेला माथिबाट खसेको ढुंगा लागेको थियो ।

आमाको मृत्युपछि धनगढीमा पढिरहेकी छोरी रोहिणी आइतबार घर गएकी थिइन् । स्थानीयका अनुसार शव देख्नबित्तिकै उनी बेहोस भएर ढलिन् । हिजो अपरान्हसम्म बेहोस अवस्थामै रहेकी उनको अवस्था पनि गम्भीर बन्दै गएपछि आफन्तले चैनपुरस्थित जिल्ला अस्पताल पुर्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।

आमा-छोरीको मृत्युको कारण यतिबेला आमबगर गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया