February 24, 2025, 4:02 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पुस १६, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं : मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौंको तार्केश्वर नगरपालिका-२ काभ्रेस्थलीस्थित सडकमा बा ९६ प ६५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सखुंवासभाको चैनपुर नगरपालिका-९ घर भई काठमाडौं बौद्ध बस्ने ३३ वर्षीय कमल राईको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रीन सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया