February 24, 2025, 4:34 am
» शंकर पोखरेलको चिन्ता- सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रियो » रुस–युक्रेन युद्ध सुरू भएको आज तीन वर्ष पूरा » लमजुङमा भूकम्पको धक्का महसुस » सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै

बाटो ढलानको भ्रष्टाचारमा पूर्वअध्यक्षसहित एक दर्जन तानिए

पुस १६, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्याल भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित एक दर्जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हालका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमसहित पूर्वप्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, इन्जिनियर नवीन थापा र सुदिप आचार्य, सबइन्जिनियर सूर्यप्रसाद पौडेल, सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले र कोषाध्यक्ष हिमकुमारी केसीविरुद्ध मुद्दा दायर गरिएको हो ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मङ्गदेवी थापामगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटालाई पनि प्रतिवादी बनाइएको छ । आर्थिक वर्ष २०७५–०७६  र ०७६-०७७ मा पालिकाको वडा नम्बर १ मा स्थानीय बजार क्षेत्रको सडक निर्माण तथा ढलान कार्यमा उनीहरुको मिलेमतोमा ३५ लाख ३९ हजार ३३१ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम उक्त रकम असुलउपर गरी कैद र जरिवाना हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया