February 24, 2025, 4:02 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

पुस १६, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

उर्लाबारी, 

मोरङको सुन्दरहरैँचा-५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल जानु भएको थियो । साँझसम्म घर नआउनु भएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए ।इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीले लिम्बूको शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाउन लागिएको बताउनु भयो । यस अघि पुस ५ गते सोही नगरपालिका-७ कि ४० वर्षीय गङ्गामाया मगर श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया