January 2, 2025, 5:24 pm
» उपनिर्वाचनबाट पूर्वी नेपालले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरिसक्योः प्रचण्ड » बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने खानेपानीमन्त्रीको दाबी » टिपरको ठक्करबाट बालकको मृत्यु » माधव नेपालको प्रश्न : गौतमबुद्ध विमानस्थल कसको दबाबमा बनाइयो ? » कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित

अपाङ्ग महासंघमा भाँडभैलो, भ्रष्टाचार गरेको भन्दै अध्यक्ष निष्काशित

पुस १५, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि अडिटोरियम हलमा राष्ट्रिय अपाङ्ग महासंघले पुस १२ र १३ गते बाइसौं साधारणसभाको आयोजना गरेको थियो । तर, साधारणसभामा होहल्ला र माइक खोसाखोस भयो । झण्डै आपसमा कुटाकुट नै भयो ।

संस्थाका निलम्वित अध्यक्ष देवीदत्त आचार्यले आर्थिक अनियमितता एवं भ्रष्टाचार गरेको भन्दै प्रतिनिधिहरुले आपत्ति जनाएपछि साधारणसभा केहीबेर रणमैदानमा परिणत भएको हो ।

अध्यक्ष आचार्यले प्रश्नहरुको प्रष्ट जवाफ नदिई आर्थिक प्रतिवेदन जबर्जस्ती पारित गर्न खोजेको भन्दै असन्तुष्ट पक्षले आपत्ति जनायो ।

अन्ततः साधारणसभामा ११५ वटा बहुमत संस्थाका प्रतिनिधिहरुका तर्फबाट अध्यक्ष आचार्यलाई कारबाहीको घोषणा गर्दै उपाध्यक्ष रामबहादुर कार्कीलाई कार्यबाहक अध्यक्ष तोकेको छ ।

प्रतिक्रिया