February 24, 2025, 3:36 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

सिरियाली नेता र युक्रेनी उच्च कूटनीतिज्ञबीच भेटवार्ता

पुस १५, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

दमास्कस– सिरियाका नयाँ नेता अहमद अल–शराले सोमबार युक्रेनका विदेशमन्त्रीसँग भेटवार्ता गरेको सरकारी समाचार संस्था सानाले जनाएको छ ।

रूसको सहयोगी राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको केही हप्तापछि भेटवार्ता भएको हो ।

सन् २०१५ मा सिरियाको गृहयुद्धको लहरलाई दबाउन सहयोग पुर्‍याउनका लागि मस्को असदको प्रमुख समर्थकमध्ये एक थियो । सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसका लागि असदको पतनलाई ठूलो झट्काका रूपमा हेरिएको छ ।

सानाले सिरियाली अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘सिरियाको नयाँ प्रशासनका नेता अहमद अल–शराले विदेशमन्त्री एन्ड्री सिबिगा नेतृत्वको युक्रेनी प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन्।’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार आफ्नो देशले ५०० टन गहुँको पीठोसहित पहिलो खेप सिरियामा पठाएको बताउनुभएको छ ।

युद्धको बाबजुद युक्रेन विश्वको शीर्ष गहुँ उत्पादकमध्ये एक हो।

प्रतिक्रिया