February 23, 2025, 9:35 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

२१ अंकले घट्यो नेप्से, लघुवित्त र म्यूचुअल फन्डमा झिनो सुधार

पुस १४, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१२ अंकले घटेको छ । नेप्सेमा आइतबार ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार बराबरको शेयर कारोबार हुँदा नेप्से घटेर २६०९.८९ अंकमा आइपुगेको हो ।

नेप्सेमा आएको गिरावटसँगै पुँजीकरणमा समेत ०.८० प्रतिशतले गिरावट आएको छ । आइतबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६९ वटा कम्पनीको शेयर मूल्य बढेको छ । २ वटा कम्पनीको शेयर मूल्यमा भने तटस्थ रह्यो ।

आजको कारोबारमा लघुवित्त, म्यूचुअल फन्ड र अन्य सूचकमा रहेका कम्पनीका शेयर मूल्यमा सुधार आयो भने अन्य सबै सूचक नकारात्मक रहे ।

जसमध्ये नेप्सेमा आज शेयर कारोबार भएका मध्ये महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरे भने सर्पोट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रतिक्रिया