February 24, 2025, 4:19 am
» शंकर पोखरेलको चिन्ता- सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रियो » रुस–युक्रेन युद्ध सुरू भएको आज तीन वर्ष पूरा » लमजुङमा भूकम्पको धक्का महसुस » सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै

लुक्लाबाट ६ यात्रुसहित उडेको हेलिकप्टरमा चरो ठोक्कियो

पुस १४, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं- सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रुसहित काठमाडौंका लागि उडेको एउटा हेलिकप्टरमा चरो ठोक्किएको छ ।

हेली एभरेष्टको ९ एन-एकेजी कलसाइनको हेलिकप्टरमा चरो ठोक्किएपछि पाइलटले काभ्रेपलाञ्चोकको साँगामा सुरक्षि अवतरण गराएका छन् ।

आइतबार बिहान लुक्लाबाट उडेको हेलिकप्टरमा चरो ठोक्किए पनि ठूलो क्षति भएको छैन । हेलिकप्टरलाई पुनः उडान पठाउन प्राविधिक चेकजाँच भइरहेको छ । चरो ठोक्किएको हेलिकप्टरमा चालक र यात्रु सुरक्षित छन्।

हेलिकप्टरमा चरो ठोक्किएपछि सम्भावित खतराबाट जोगिन पाइलटले तत्कालै साँगामा अवतरण गराएका हुन्।

प्रतिक्रिया