February 23, 2025, 9:06 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट

पुस १४, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

बागमती,  उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग  आर्थिक सङ्कटमा परेको छ ।

गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो ।

उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ ।

आर्थिक सङ्कटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्नेगरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले  बताउनुभयो ।

उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो । उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ ।

“हामीसँगै कच्चा पदार्थको अभाव छैन”, अध्यक्ष भण्डारीले भन्नुभयो, “उद्योगलाई चाहिने चार सय मेट्रिक टन कोइला मौज्दात छ,”, उहाँले भन्नुभयो ।

आर्थिक अभावका कारण यसअघि  पनि दुई महिना उद्योग बन्द भएको थियो ।

गत भदौको तेस्रो सातादेखि उत्पादन सुरु गरेको  उद्योगले त्यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो ।

 

प्रतिक्रिया