February 24, 2025, 3:24 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, हालसम्म ४७ जनाको मृत्यु पुष्टि

पुस १४, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

सियोल– दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।

उसका अनुसार विमान धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो ।

समाचार अनुसार १७५ यात्रु र ६ जना उडान दलका सदस्य रहेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ । जहाजमा रहेका यात्रुहरूमा १७३ दक्षिण कोरियाली र दुई जना थाइ नागरिक थिए ।

योनहापका अनुसार उद्धार अभियान जारी रहँदा दुई व्यक्ति जीवितै फेला परेका छन् । उद्धार कार्य जारी रहेको जनाउँदै सो समाचार एजेन्सीले थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया