February 25, 2025, 6:29 am
» शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका » पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा, भयो भब्य स्वागत » अमेरिकी डलरसंगै युरोको मुल्य पनि घट्यो » सशस्त्र प्रहरी इन्सपेक्टर महत मृत्यु प्रकरण : अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ » केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

सरकार ढाल्न कांग्रेसले प्रस्ताव गरेको माओवादी नेताको खुलासा

पुस १२, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं ।नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केपी ओली नेतृत्वको सरकार फेर्न नेपाली कांग्रेसका नेताहरुले प्रस्ताव ल्याइरहेको खुलासा गरेका छन् ।

रुकुम पूर्वको भूमे गाउँपालिकामा पार्टीको अधिवेशन उद्घाटन गर्दै उनले सरकारप्रति जनतामा घृणा बढ्दै गएकाले कांग्रेस नेताहरुले विकल्पमा प्रस्ताव ल्याएको बताएका हुन् । एमालेका नेताहरु पनि माओवादीसँग सहकार्यका लागि छलफलमा रहेको पुनले दावी गरे ।

‘एमालेका नेताहरु आएर बीआरआई पनि भयो अव कम्युनिष्टहरु मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ’, उनले भने, ‘कांग्रेसका नेताहरु आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ ।’

तर, माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने पुनले स्पष्ट पारे । ‘उहाँहरु विकल्पमा छलफल गरौं भन्न खोज्नुहुन्छ । हामी रहर गर्नुभएको छ बोक्नुस, भनिरहेका छौं,’ कांग्रेसलाई कटाक्ष गर्दै उनले भने, ‘तर हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरुको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहादैनौं । यो हाम्रो प्रतिवद्धता हो ।’

कांग्रेस र एमालेभन्दा फरक देखिन पनि माओवादी सरकारबाहिर रहनुपर्नेमा उपमहासचिव पुनको जोड छ ।

प्रतिक्रिया