December 27, 2024, 12:58 am
» स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ » सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री » तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु » जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको छ : विप्लव » शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपातको सम्भावना

गैँडाको खागसहित एक जना पक्राउ

पुस ११, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

मनहरी – चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले हेटौँडाबाट गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ ।

आज  बिहान ११ बजे मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ स्थित गर्दई र हेटौँडा–८ को सिमानास्थित प्लटिङमा निकुञ्जबाट खटिएको सेनाको टोलीले गैँडाको खागसहित तस्करलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

खाग तस्कर भाग्न खोजेपछि पाँच राउण्ड हवाइ फायर गरिएको उनले बताए। विशेष सुराकीका आधारमा चितवन राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृतको नेतृत्वमा हेटौँडा आएको टोलीले गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले उल्लेख गरे ।

घटनाबारे पूर्ण जानकारी निकुञ्जमार्फत सार्वजनिक गरिने भन्दै उनले तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको जानकारी दिए ।

प्रहरी उपरीक्षक खड्काका अनुसार विशेष सुराकीका आधारमा तस्कर पक्राउ गर्न दुई वटा सवारीसाधनमा हेटौँडा आएका आठ जना सेनाको टोलीले तस्कर भाग्न खोज्दा हवाई फायर गरेको थियो ।

प्रतिक्रिया