February 2, 2025, 1:02 am
» डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार » आम नागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छ » हमासले रिहा गरयो दुइ बन्दी » करेन्ट लागेर अमिनको मृत्यु » व्यवस्थित बसोबास समन्वय विभागमा देउवाले गरे १० जना मनोनयन

बालबालिकालाई सानैदेखि खेलकुद क्षेत्रमा लगाऊँ : खेलकुदमन्त्री

पुस ११, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकाहरूलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले अहिले बालबालिकाहरूमा मोबाइल धेरै हेर्ने समस्या देखिएकाले केही समय खेलकुद क्षेत्रमा लगाउन सुझाव सुझाव दिएका हुन् ।

उनले बालबालिकाहरू खेलकुदलगायत रचनात्मक क्षेत्रमा लगाउन सके बढ्ने र अन्य गतिविधिमा पनि रुचि बढ्ने जिकिर गरे ।

मन्त्री चौधरीले बालबालिकाहरूको रुचि अनुसारको काम गर्न अभिभावकले प्रेरित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्री चौधरीले राष्ट्रिय स्तरको ह्याण्डराइटिङ प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया