February 25, 2025, 6:58 am
» माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ » काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटनाग्रस्त » एमसीसी कम्प्याक्ट सधैंको लागि खारेज गर : महासचिव विप्लव » सानिमा रिलायन्सको लाभांश घोषणा » शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका

पूर्वराष्ट्रपति पुत्र नेतृत्वको विभागमा देउवाले थपे सदस्य

पुस ११, २०८१ मा प्रकाशित | ६६०दर्शक तीव्रखबर

काठमाडौं / नेपाली काँग्रेसले स्वास्थ्य विभागमा सदस्य थपेको छ । पूर्वराष्ट्रपति डा.रामवरण यादवका छोरा डा.चन्द्रमोहन यादव प्रमुख रहेको उक्त विभागमा आज पार्टी सभापति शेरबहादुर देउवाले दश जनालाई सदस्य मनोनयन गर्नुभएको हो ।

काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सभापतिले सदस्य मनोनयन गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मनोनित हुनेहरुमा कैलालीकी डा.लक्ष्मीराज पाठक, अर्घाखाँचीका डा.मुक्तिराम श्रेष्ठ, सप्तरीका डा.अनिलकुमार झा, रामेछापका डा.सुमन कर्माचार्य, ललितपुरका डा.सुशीलनाथ प्याकुरेल, धनुषाका श्यामचन्द्र यादव, झापाका ईश्वर कार्की, स्याङ्जाका विष्णुप्रसाद भट्टराई, सोलुखुम्बुकी पुजा फुयाल र सुर्खेतका बुधिसरा सुनुवार छन् ।

प्रतिक्रिया