February 24, 2025, 7:43 am
» ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन » युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त » पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी

भोजपुरमा स्कोर्पिओ दुर्घटना, एकजनाको मृत्यु, तीनको अवस्था गम्भीर

पुस ११, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

भोजपुर- भोजपुरमा एउटा स्कोर्पिओ दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । सदरमुकामबाट ट्याम्केडाँडा घुम्न हिँडेका यात्रु सवार स्कोर्पिओ बिहीबार भोजपुर नगरपालिका-५, बोखिमस्थित डाडाँटोलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

प्रदेश १-०२-००२ च ६९२३ नम्बरको स्कोर्पिओ दुर्घटना हुँदा झापाको गौरादह नगरपालिका-७ निवासी झम्कबहादुर घलेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दीपक श्रेष्ठले दुर्घटनाम अन्य तीनजना गम्भीर घाइते भएको बताए ।

चालकसहित १० जना सवार उक्त स्कोर्पिओ अनियन्त्रित भई सडकबाट २५० मिटर तल खसेको । दुर्घटनामा गम्भीर घाइते तीनजनालाई हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको छ ।दुर्घटनामा गम्भीर घाइते भोजपुर नगरपालिका-५ की लाक्पादिकी शेर्पा, रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका-२ की इहायाराना सुब्बालाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । अन्य घाइतेको भोजपुर अस्पतालमा उपचार हुँदैछ ।

प्रतिक्रिया