January 30, 2025, 6:59 am
» मनाङका किसान सामूहिक खेतीमा आकर्षित » रौतहटमा नेपाली सेना द्वारा ७०० बिपन्नलाई कम्बल वितरण » सेनाको हेलिकप्टर र अमेरिकी एयरलाइन्सको विमान ठोक्किँदा १८ जनाको मृत्यु » ओखलढुंगाबाट काठमाडौं हिँडेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु » हमासले आज ८ बन्दी रिहा गर्ने, तीन इजरायली र पाँच थाई नागरिक

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

पुस ११, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

पर्सा– पर्साको वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सो अवधिमा राजस्व सङ्कलनमा पनि ६ दशमलव ९१ प्रतिशतले गिरावट आएको छ । आव २०८१–८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको तीन लाख ६६ हजार सात सय १९ किलोलिटर डिजेल आयात भएको थियो ।

प्रतिक्रिया