February 24, 2025, 7:30 am
» ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन » युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त » पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी

अर्बपतिका शाखासन्तान नाति हेर्न दुबई प्रस्थान

पुस ९, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

डलर अर्बपति तथा विवादास्पद व्यापारी विनोद चौधरी केही दिनअघि शाखा सन्तानसहित दुबई पुगे । श्रीमती, काठमाडौं र नयाँ दिल्लीमा बस्दै आएका दुई जना छोरा,बुहारी,नाति नातिनासहित उनी माहिलो छोरा बस्दै आएको ठाउँमा गएका हुन् ।

राहुलको दोस्रो सन्तानको जन्म भएपछि खुशियाली बाँड्न चौधरी परिवार उता गएको बताउँदै स्रोत भन्छ, ‘कोही उतै छन्,कोही आइसके । दुबईमा बस्ने राहुलको बच्चा हेर्न गएका हुन् । भारतीय युवतीसँग विवाह गरेका उनको यो दोस्रो सन्तान हो ।’

त्यही मेसोमा विनोदका माइला भाइ वसन्त र कान्छा अरुणका परिवार पनि दुबई गएको बुझिएको छ । विनोद भने भारतको जयपुरमा गत वर्ष उत्पन्न लफडा मिलाउने तारतम्यका लागि उता नबसी यता फर्किए । जयपुरस्थित वाइवाइ कारखानाले कर छलेको अभियोगमा चौधरीले ठूलै लफडा झेलिरहेका छन् ।

विनोद यतिखेर नवलपरासीको आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । अस्ति अर्थ समितिको बैठकमा उपस्थित भएर कानुन तर्जुमा गर्ने क्रममा माननीयहरुमाथि व्यवसायीयलाई चोरको दृष्टिकोणबाट हेर्ने गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया