February 23, 2025, 9:36 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सेयर बजारमा १३ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित

पुस ७, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९  विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स  २.६९ अंकले घटेर ४४३.०८ अंकले घटेको छ।

यसदिन ३१९ स्क्रिप्सको ९१ लाख ८० हजार ७१८ कित्ता सेयर ४ अर्ब ५१ करोड ८३ लाख  ८५ हजार १०७ रुपैयाँमा खरदबिक्री भए। दोहोरो अंकले घटेको सेयर बजारमा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था,बराही हाइड्रोपावर पब्लिक,न्यादी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधारमा रिभर फल्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २२ अर्ब बढीको कारोबार भयो।

प्रतिक्रिया